July 6th, 2018

डलरको भाउ अहिलेसम्मकै उच्च

बैंकिङ खबर । अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ६२ पैसा तय गरेको छ । पाँच दिनयता ११० रुपैयाँमाथि रहेको डलरले शुक्रबार सबैभन्दा महँगो किर्तिमान कायम गरेको हो ।
 
भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएपछि नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा झरेको छ । नेपाली र भारतीय मुद्राबीच स्थिर विनिमय दर रहेका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा देखिने हुन्छ । अहिले एक डलर बराबर ६८.९५ भारु तय भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]