Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ तथा वित्तीय क्षेत्रमा कहाँ कहाँ खुलेको छ रोजगारी ?

२०७५ असार १८ गते

बैंकिङ खबर / सानिमा बैंक लिमिटेडले विभिन्न नौ पदमा कर्मचारी माग गरेको छ । बैंकले इन्फर्मेसन सेक्युरिटी मेनेजर, ब्रान्च मेनेजर, क्रेडिट रिस्क अफिसर, अपरेसनल रिस्क अफिसर, मार्केट रिस्क अफिसर, रिलेसनसिप मेनेजर(क्रेडिट), रिलेसनसिप मेनेजर(डिपोजिट), अपरेसन अफिसर र रेमिट्यान्स अफिसरका लागि अनुभवी कर्मचारी मागेको हो । 

इन्फर्मेसन सेक्युरिटी मेनेजर, ब्रान्च मेनेजरको हकमा ४५ वर्ष तथा अन्य पदको हकमा ४० वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद ४ जुलाई अर्थात् असार २० गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

 

त्यसैगरी ज्योति विकास बैंक लिमिटेडले ८५ जना फ्रेस कर्मचारी मागेको छ । बैंकले २० जना मेनेजमेन्ट ट्रेनी, ५० जना जुनियर ट्रेनी एसिन्टेन्ट र १५ जना माइक्रोफाइनान्स एसिस्टेन्ट मागेको हो । मेनेजमेन्ट ट्रेनी र माइक्रोफाइनान्स एसिस्टेन्टका लागि ३० वर्ष र जुनियर ट्रेनी एसिन्टेन्टका लागि २८ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन् । मेनेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर, जुनियर ट्रेनी एसिन्टेन्टका लागि स्नातक र माइक्रोफाइनान्स एसिस्टेन्टका लागि प्रवेशिका उतीर्ण कर्मचारी मागिएको छ । आवेदन दिने म्याद ४ जुलाई अर्थात असार २० गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

त्यसैगरी युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विभिन्न शाखा तथा उपशाखाहरुका लागि एसिस्टेन्टदेखि मेनेजरसम्म विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले एमबिए गरेका अथवा कुनै पनि विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । सम्बन्धित क्षेत्रका अनुभवीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

Ad