July 1st, 2018

हेर्नुहोस्, प्रविधिको नयाँ मोडेल : एउटै मेसिनबाट सम्पूर्ण बिल भुक्तानी

निर्जला खड्का/बैंकिङ खबर । बिल भुक्तानी गर्ने मेसिनलाई किओस्क (KIOSK) मेसिन भनिन्छ । यो मेसिनबाट विभिन्न किसिमका बिलहरु भुक्तानी गर्न सकिन्छ । यसले बिल बोकेर सम्बन्धित संस्थामा नै पुगेर पैसा बुझाउनुपर्ने झन्झटबाट ग्राहकहरुलाई मुक्त गरेको छ । एकै ठाउँबाट धेरै प्रकारका बिलहरु भुक्तानी गर्न सकिने हुँदा समयको बचत समेत हुन्छ ।
 
१. मोबाइल रिचार्ज : नेपाल अधिराज्यभरमा संचालनमा रहेको सबै मोबाइल नेटवर्कहरु नमस्ते, एनसेल स्मार्ट सेल जस्ता मोबाइलमा यो मेसिनबाट नै पैसा हाल्न सकिन्छ । 

२. टिभी रिचार्ज : डिसहोम, मेरो टिभी तथा अन्य विभिन्न रिचार्ज गर्नुपर्ने टिभीहरुमा यो मेसिनबाट पेमेन्ट गर्न सकिन्छ ।

३. बिजुलीको बिल : बिजुलिको पैसा तिर्न पनि सम्बन्धित कार्यलयमा जान गर्दैन यस्को लागि पनि यहि मेसिनबाट पैसा तिर्न मिल्छ । 

४. पानीको बिल : खाने पानीको बिल तिर्न पनि यो मेसिनबाट नै मिल्छ । 

५. शिक्षण संस्था : यस मेसिनबाट शिक्षण संस्थाको बिल समेत तिर्न सकिन्छ । 

६. इन्टरनेट : इन्टरनेटको बिल तिर्नलाई पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । 

यसबाहेक पनि किओस्क मेसिनबाट विभिन्न सेवाको खरिद गर्ने सकिन्छ । जस्तै, हवाई टिकेटको खरिद, मनी ट्रान्सफर, बैंक डिपोजिट जस्ता विविध सेवाहरु यो मेसिनबाट पाउन सकिन्छ । प्रभुसँग आबद्ध कोअपरेटिभहरुको डिपोजिट समेत यो मेसिनबाट गर्न सकिन्छ ।

कसरी गर्ने भुक्तानी ?
यो मेसिनबाट बिल भुक्तानी गर्दा क्यासको प्रयोग गर्नुपर्छ । जहाँ दश रुपैया देखि हजारसम्मको पैसालाई उक्त मेसिनले स्वीकार गर्दछ । यो मेसिनबाट बिल भुक्तानी गर्दा मेसिनले फेक नोटहरुलाई स्वीकार गर्दैन् । जस्तै पैसाको नोटमा गर्भनरको हस्ताक्षर परिवर्तन भयो भने पनि यो मेसिनले उक्त नोटलाई स्वीकार गर्दैन । बिल भुक्तानी गर्दा मेसिनले दिएको इन्ट्रक्सनअनुसार चल्नुपर्ने हुन्छ । बिल भुक्तानी गर्न सकिने विषयहरुको अप्सन मेसिनमा दिइएको हुन्छ । 

उदाहरणका लागि नमस्ते मोबाइलमा रिचार्ज गर्नुपर्यो भने मेसिनमा प्रीपेड भन्ने अप्सन हुन्छ । त्यहाँ क्लिक गरेपछि नेपाली अथवा अंग्रेजी भाषा छनौट गर्न लगाउँछ । आफूलाई जुन सजिलो लाग्छ त्यही माध्यम छनौट गर्नुपर्छ । त्यसपछि पोष्टपेड भन्ने अप्सनमा क्लिक गरी रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर राख्नुपर्छ र आफूले कति  रकमको रिचार्ज गर्न लागेको हो सोही रकममा क्लिक गर्नुपर्छ । त्यसपछि मेसिनमा डन भन्ने अप्सन आउँछ । उक्त अप्सनमा क्लिक गरेपछि तपाईँको बिल भुक्तानी सफल हुन्छ । यसरी पैसा हालेको एक मिनेटमा एसएमएस र बिल दुवै प्राप्त हुन्छ । 

त्यस्तै, बिजुलीको बिल भुक्तानी गर्दा, बिजुली लेखेको अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि, मेसिनले आफ्नो सबै डिटेल्सहरु माग्छ । त्यहाँ ग्राहकको आइडी नम्बर, सिरियल नम्बर, फोन नम्बर हालिसकेपछि व्यक्तिको नाम देखाउँछ । साथमा कति पैसा तिर्न बाँकी रहेछ र हाल कति तिर्नुपर्ने रहेछ सबै कुरा देखाउँछ । यो मेसिनबाट पनि बिल भुक्तानी गर्दा विद्युत प्राधिकरणबाट पाउने सबै सुविधा दिएको छ । यसरी सबै बिलको भुक्तानी यो मेसिनबाट गर्न सकिन्छ । यो मेसिनबाट टिकेट लिँदा यदि उक्त टिकेट क्यान्सिल गर्न पर्ने अवस्था भयो भने पनि गर्न सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]