Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गरिमा विकास बैंक र मितेरी डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स सम्झौता

२०७५ जेष्ठ २९ गते

गरिमा विकास बैंक लिमिटेड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बीच “गरिमा रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात मितेरी डेभलपमेण्ट बैंकका १५वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने छ ।  

Ad