Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

७४ लाख ३९ हजार घाटामा साझा विकास बैँक

२०७३ जेष्ठ ४ गते

sajhaहालै मात्र शेयर कारोबार खुलेर सुरुका दिनहरुमा शेयर मुल्य उच्च रुपमा बढेको साझा विकास बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७४ लाख ३९ हजार रुपैँया घाटामा गएको छ । गत आवको सो अवधिमा बैँकले २१ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

दश करोड चुक्तापुँजी रहेको बैंकको जगेडाकोष २ करोड ४ लाख ऋणात्मक रहेको छ । चालु बर्षको चैत्र मसान्तसम्ममा ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसअवधिमा बैंकको खराबकर्जा उच्चदरले बढेको छ । बैंकले ६ करोड रुपैयाँ ब्याज आम्दानी बढाएपनि खराबकर्जा बढेपछि घाटामा गएको हो । बैंकको खराबकर्जा ०.८६ प्रतिशतबाट बढेर २.२५ प्रतिशत पुगेको छ । गतबर्ष यसै अवधिमा बैँकले २१ लाख रुपैयाँ खराबकर्जा उठाएको बथियो । जसले गर्दा बैंकको संचालन मुनाफा, नियमित कारोबारबाट हुने आम्दानी सबै नोक्सानमा गएको छ ।

बैंकले सम्भावित जोखिममा गत वर्षको भन्दा ८० लाख बढी अर्थात् ९६ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी ७.४४ रुपैयाँले ऋणात्मक, प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ ५७ पैसा रहेको छ ।