Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम बैंकको मुनाफा सवा एक अर्ब

२०७५ बैशाख ११ गते

बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ५४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब तीन करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा खुई अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । निक्षेपमा ३२ प्रतिशत वृद्धि गरी ७४ अर्ब २० करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ६६ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २८.८० प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा४० प्रतिशतले बढेर एक अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा १५ करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २४ करोड ९५ लाख रुपैयाँ राखेको छ ।

प्राइम बैंकको निष्कृय कर्जा १.०६ प्रतिशत, प्रतिसेयर आम्दानी २० रुपैयाँ ८९ पैसा, मूल्य आम्दानी अनुपात १४ दशमलव १२ गुणा, किताबी मूल्य १ सय ३३ रुपैयाँ १२ पैसा, प्रतिसेयर कुल सम्पति मूल्य १ हजार ८१ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात २० दशमलव ७० प्रतिशत रहेको छ ।