Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापूछ्रे बैँकको ७२औँ एटिएम धनकुटाको हिलेमा

२०७३ बैशाख ३१ गते

maxaमाछापुच्छ्रे बैंक लिमिटेडले शुक्रबारदेखि धनकुटाको हिले बजारमा आफ्नो ७२औँ एटिएम सेवा सुरु गरेको छ । उक्त एटीएमबाट बैकले हिले स्थित ग्राहकहरुलाई छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्ने जनाएको छ । 

३ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको यस बैकले २०७२ साल चैत मसान्तसम्म ४८ अर्ब ४३ करोड निक्षेप परिचालन गरी ४० अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । यो अवधिमा ६२ करोड ४२ लाख खुद नाफा कमाएको जानकारी दिइएको छ । 
 
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर संख्या १ रहेको छ ।