Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको नाफा झन्डै १० करोड

२०७३ बैशाख ३१ गते

id bankचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले खुद मुनाफा ३८.०५ प्रतिशतले बढाएको छ । बैँकले ९ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले गत वर्षकोभन्दा ७.१९ प्रतिशतले बढी अर्थात् ५ अर्ब ८ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जसबाट कर्जामा गत वर्षको भन्दा ८.५५ प्रतिशत बढी अर्थात् ४ अर्ब ३२ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । यस अवधिमा बैंकको खुद व्याज आम्दानी १.३८ प्रतिशतले बढेर १६ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २.४६ प्रतिशतले बढेर ५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोािभजनमा ३ करोड ५५ लाख रुपैयाँ राखेको छ भने ९ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

त्यस्तै, बैकको निष्कृय कर्जा २.३४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २०.५९ प्रतिशत रहेको छ ।