बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले एक जना सीएका साथमा केही संख्यामा नायब/कनिष्ठ अधिकृत, बरिष्ठ सहायक/सुपरभाइजर र प्रशिक्षाथी (कनिष्ठ सहायक) माग गरेको हो । प्रशिक्षार्थीबाहेक सबै पदका लागि अनुभव मागिएको छ भने सबै पदका लागि उमेर हद तोकिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई चैत्र ८ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ ।


