धरानस्थित निर्धन उत्थान बैक लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक सदस्यका परिवारलाई बीमा रकम प्रदान गरेको छ । धरान १७ रेल्वेमा गठन भएको रेल्वे देविथान महिला स्वावलम्बी समुहकी सदस्य तारा देवि विश्वकर्माको निधन भएपछि निज सदस्यले पाउने बीमा रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
मृतकका श्रीमान् सुब्बर विश्वकर्मालार्ई बीमा वापतको रकम एक लाख ५१ हजार आठ सय रुपैयाँ प्रदान गरिएकोृ हो । प्रहरी चौकी धरान वडा न. १७ का प्रतिनिधी धिरज श्रेष्ठको आतिथ्यता एवम् शाखा कार्यालय पाचंकन्याका निमित्त शाखा प्रमूख बैजनाथ शर्माको उपस्थितीमा उक्त बीमा रकम हस्तान्तरण गरियो ।
निमित्त शाखा प्रमूख शर्माका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भएबापत एक सय ३८ प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत दुई सय ७८ प्रतिशत क्ष्तिपूर्ति रकम दिने व्यवस्था भएको बताउनूभएको छ । यसैगरी सदस्यको श्रीमानको मृत्यु भएमा १२ हजार छ सय ५० क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ ।
विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटी समुह गठन गरी ऋण प्रभाव मार्फत कार्यक्रम विस्तार गर्दै महिला दिदी बहिनीहरुको जिवनस्तरमा परिवतर्न ल्याएकोमा समुहका सदस्यहरुले बैंकलाई धन्यवाद दिए । साथै, यस्तो कार्यले समुहका सदस्य तथा सदस्यको परिवारलाई राहत हुने उनीहरुले बताए ।


