Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरघरमा उद्यमी सृजना गर्दै जनउत्थान सामुदायिक लघुवित्त

२०७४ फाल्गुन १३ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना समूहसदस्यहरुलाई विभिन्न व्यवसायिक तालिम प्रदान गरेको छ । बैंकले रुरल माइक्रोफाइनान्स डेभलमेण्ट सेण्टरको सहकार्यमा मिति २०७४/१०/२९ गतेदेखि मिति २०७४/११/०६ गतेसम्म शाखा कार्यालय बुटवल, रुपन्देहीका विभिन्न केन्द्रहरुमा आवद्ध २६ जना समुह सदस्यहरुलाई क्रिष्टल तथा पोते बुनाई तालिम दिएको छ । त्यस्तै, शाखा कार्यालय टिकापुर, कैलालीमा आवद्ध २२ जना समुह सदस्यहरुले मिति २०७४/११/०८ गतेदेखि क्रिष्टल तथा पोते बुनाई तालिम प्रशिक्षक मन माया लिम्बुबाट लिइरहेका छन् । उक्त तालिम सोमबार (फागुन १४ गते)सम्म चल्नेछ । यसबाहेक शाखा कार्यालय टिकापुरमै दुई दिने तरकारी खेती सम्बन्धि तालिम फागुन ९ र १० गते बैकिङ्ग समुदायका ६० जना सदस्यहरुले प्रशिक्षक मनोज कुमार चौधरीबाट लिएको बैंकले जानकारी दिएको छ ।

पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा विस्तार गरेको  जनउत्थान सामुदायिक लघुवित्तमा करिब १९,५०० जना आर्थिक रुपले विपन्न, आर्थिक पहुँचबाट वञ्चित समुह सदस्यहरु आवद्ध रहेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो संस्थामा आवद्ध बैकिङ्ग समुह सदस्यहरुको सीप विकास गरी उनीहरुलाई आत्मनिर्भर तथा उद्ममशीलता सिर्जना गर्ने उद्दे श्यका साथ उक्त तालिमहरुको आयोजना गरेको लघुवित्तले जनाएको छ । 

शाखा कार्यालय बुटवलमा सम्पन्न भएको क्रिष्टल तथा पोते बुनाई तालिम कार्यक्रमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले अबको अभियान बैंकिङ्ग कारोबारका साथ साथै एक घर एक उद्ममी सृजना गर्ने भएकाले तालिमलाई तालिममै मात्र सिमित नराखी यसलाई व्यवहारिक रुपमा पनि प्रयोग गर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह गरे ।

जनउत्थान बैंकमा आवद्ध समुह सदस्यहरुलाई बचत र ऋण उपभोग गर्न मात्र नसिकाई त्यसको साथ साथै उनीहरुको आर्थिक समृद्धिको लागि विभिन्न खालका सीपमूलक तालिमहरुको माध्यमबाट रोजगार, स्वरोजगार तथा उद्ममशीलता सृजना गर्ने कार्यमा बैंकले सदैव योजनाबद्ध तरिकाले लाग्ने तालिम विभाग प्रमुख इन्द्र बरालीले जानकारी गराए ।

तालिम पश्चात शाखा कार्यालय बुटवलबाट तालिम प्राप्त सम्पूर्ण सहभागीहरुलाई बैकका वरिष्ठ अधिकृत ज्ञानिश्वर पन्त र अधिकृत भरत कुमार रसालीले संयुक्त रुपमा प्रमाणपत्र वितरण गरेका थिए ।