स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा साविकका सेयरधनीहरुलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाडौंलाई नियुक्त गरेको छ ।
विहीवार एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र स्वदेशी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनियाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
निष्काशन तथा विक्री प्रबन्धक सँगैै एनआईसी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निःशूल्क गरेको छ ।


