Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

आधा दर्जन बैंकको निक्षेप खर्बमाथि (२८ वाणिज्य बाणिज्य बैंकको विवरण)

२०७४ माघ २४ गते

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वाणिज्य बैंकमध्ये आधा दर्जन बैंकले खर्बमाथि निक्षेप संकलन गरेका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणअनुसार, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा धेरै एक खर्ब ४९ अर्ब १० करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक खर्ब २९ अर्ब ८४ करोड ५३ लाख रुपैयाँ, नविल बैंकले एक खर्ब २१ अर्ब २८ करोड ९२ लाख ७२ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडले एक खर्ब २० अर्ब ४६ करोड ६६ लाख ३२ हजार रुपैयाँ र एभरेष्ट बैंक लिमिटेडले एक खर्ब तीन अर्ब २९ करोड ९१ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । ग्लोबल आईएमई बैंक लिमिटेडले पनि निक्षेप संकलन एक खर्बमाथि पुर्याएको छ । 

तीन वटा बैंकको निक्षेप संकलन ५० अर्बभन्दा पनि कम रहेको छ । मेगा बैंक नेपाल लिमिटेडले पुस मसान्तसम्ममा ४५ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, नेपाल बंगलादेश बैंक लिमिटेडले ४१ अर्ब ८९ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने सिभिल बैंक लिमिटेडले ३७ अर्ब ८० लाख रुपैयाँ संकलन गरेको छ । 

यसबाहेक, कृषि विकास बैंक लिमिटेडले ९८ अर्ब १७ करोड निक्षेप संकलन गरेको छ भने हिमालयन बैंक लिमिटेडले ९२ अर्ब ९७ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडले ९१ अर्ब ८९ करोडरुपैयाँ, प्रभु बैंक लिमिटेडले ८६ अर्ब १२ करोड ८० लाख ३७ हजार रुपैयाँ, सिद्धार्थ बैंक लिमिटेडले ८५ अर्ब ३१ करोड ९७ लाख ३७ हजार रुपैयाँ, नेपाल एसबीआई बैंक लिमिटेडले ८५ अर्ब १६ करोड ९२ लाख ६० हजार रुपैयाँ र एनएमबि बैंक लिमिटेडले ८० अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडले ७१ अर्ब छ करोड आठ लाख ९१ हजार रुपैयाँ, बैंक अफ काठमाण्डू लिमिटेडले ७० अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ, सानिमा बैंक लिमिटेडले ६८ अर्ब ३९ करोड ९१ लाख ८३ हजार रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले ६६ अर्ब सात करोड २२ लाख ५३ हजार रुपैयाँ, माछापूच्छ्रे बैंक लिमिटेडले ६५ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ, सनराइज बैंक लिमिटेडले ६३ अर्ब २६ करोड ९२ लाख ७७ हजार रुपैयाँ र लक्ष्मी बैंक लिमिटेडले ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले ५८ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५८ अर्ब ४६ करोड ४९ लाख २९ हजार रुपैयाँ, जनता बैंक नेपाल लिमिटेडले ५२ अर्ब ८० करोड १३ लाख ७४ हजार रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५२ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुमारी बैंक लिमिटेडले ५७ अर्ब ६८ करोड नौ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।