Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

२०७४ माघ २२ गते

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवलपरासी जिल्लामा अवस्थित पिप्रहर सामुदायिक होमस्टे ग्राममा आ.व. २०७४/०७५ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न गरेको छ । माघ १८ र १९ गते वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वित्तीय संस्थाका ३० वटा शाखाका शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको रणनीतिक योजनाहरु प्रस्तुत गरेका थिए । 

वित्तीय संस्था व्यवस्थापन तहमा कार्यरत वरिष्ठ अधिकृत ज्ञानिश्वर पन्त, अधिकृतहरु रन्जिता दुलाल, इन्द्र बराली, भरत कुमार रसाली र लेखा सहायक शर्मिला वि.क. ले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए । 

कार्यक्रममा वित्तीय संस्थाले विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल शाखाका शाखा प्रमुखहरुलाई सञ्चालक समितिका अध्यक्ष यम बहादुर वि.क. द्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य बावुराम वि.क., गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेलले आगामी दिनहरुको लागि शाखा प्रमुखहरुलाई वित्तीय कारोवारलाई चुस्त दुरुस्त पार्दै वित्तीय संस्थाको निती नियम भित्र रही कार्य गर्न निर्देशन दिदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमको समापन वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष यम बहादुर वि.क.ले गरेका थिए ।

Ad