नयाँ नेपाल लघुवित्त बिकास बैङ्क केन्द्रीय कार्यलय धुलिखेलले एक दिने समिक्षा गोष्ठी सम्पन्न गरेको छ । माघ १२ गते शाखा कार्यालय बर्दिबासमा संचालित गोष्ठीमा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीताको समिक्षा, शाखा कार्यालयहरुको लक्ष्य प्रगती तथा व्यक्तित्व विकासका विषयमा छलफल गरिएको थियो ।
संस्थाका प्रमुख कार्यकारी सँचालक सरोज घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय कार्यलयका बिभिन्न बिभागका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा उक्त बिकास बैङ्कका पुर्व क्षेत्रका सम्पुर्ण शाखाका कार्यालय प्रमुखहरुले आफ्नो साखाको प्रगती बिबरण र बजेटको अवस्था बारे प्रस्तुतिकरण दिनुका साथै शाखा सँचालनमा भएका कमि कमजोरी, अबसर ( चुनौतीहरु, समस्या र समाधानका उपाय लगायत लक्ष्य र प्रगतीको अबस्थाबारे छलफल गरेका थिए । अबको दिनमा लघुवित्तिय सेवालाई अझ प्रभाकारीताका साथ अगाडी बढाउने कुरामा सम्पुर्ण कार्यलयका प्रमुखहरुको एकमत रहेको थियो ।