मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट लघुवित्त सम्वन्धि वित्तीय कारोवार गर्न राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त संस्था हो ।
हाल देशभर ४८ जिल्लामा ७० वटा शाखा कार्यालय मार्फत गरिब तथा अति विपन्न परिवार लाई आय आर्जनका लागि कर्जा, बचत, बीमा, विप्रेषण जस्ता वित्तीय सेवा दिइरहेको यस संस्थाले पुर्वाञ्चलको इटहरीमा मिडिया इन्टरनेशनलद्धारा आयोजित वित्तीय जागरण : राष्ट्रिय अभियानअन्तर्गत “बीमा तथा बैंकिङ्ग एक्स्पो २०७४”मा आफ्नो उत्साहजनक सहभागिता सहित सम्पन्न गरेको संस्थाका अनुगमन अधिकृत प्रवेश अर्यालले जानकारी दिए ।
मिति २०७४।०९।१४ देखि २०७४।०९।१६ गतेसम्म चलेको उक्त एक्सपो कार्यक्रममा पहिलो दिनको र्याली कार्यक्रममा संस्थाका सयौं ग्राहक सदस्यको सकृय सहभागिता मार्फत वित्तीय साक्षरता तथा सचेतनामुलक सन्देश प्लेकार्ड तथा नारामार्फत प्रस्तुत गरिएको थियो ।
दोस्रो तथा तेस्रो दिन स्टलबाट संस्थाकाबारेमा तथा संस्थाले प्रदान गर्दै आएका कर्जा, बचत, बीमा, विप्रेषण जस्ता वित्तीय सेवाको जानकारी हजारौं सर्वसाधारणले लिएको अनुगमन अधिकृत अर्यालले बताए ।
सो अवसरमा संस्थाबाट लघुउध्यम कर्जा लिई ब्यबसाय गरिरहेका सदस्यहरुको कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरणपनि गरिएको थियो ।



