Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकका ग्राहक सदस्यले पाए कुखुरापालन तालिम 

२०७४ मंसिर ७ गते

काठमाडौँ नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई तीन दिने कुखुरापालन तालिम प्रदान गरेको छ । बारा जिल्लाको सिमरामा मंसिर १ गतेदेखि ३ गतेसम्म संचालन गरिएको तालिममा सिमरा र बिरुवागुठी शाखाहरुका गरी २० जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । 

बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा कूखूरापालन तालिम सम्पन्न गरेको बैंकको बिरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमूख शम्भू न्यौपानेले बताए । क्षेत्रीय प्रमूख न्यौपानेले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनूका साथै हरेक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताए । २५ वर्षदेखि निरन्तर सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाढि बढेको समेत न्यौपानेले बताए ।

निर्धन उत्थान बैंकले देशभरीका १७८ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा प्रदान गरिरहेको छ । बैंकले आठ अजार ९१ जना ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना बनाएको छ । यसको साथै थप छ सय जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम र थप सात सय ५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । 

निर्धन उत्थान बैंक शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठूलो बैंक बन्न पुगेको छ । बैंकले २०७४ असोज मसान्तसम्ममा दुई लाख ९८ हजार पाँच सय ६८ घरपरिवारहरुमा सेवा पूर्याईरहेको छ । यो अवधिमा ग्राहक सदस्यहरुका छ अर्ब ६८ करोड रुपैयाँ बचत परिचालन गरेको बैंकको लगानीमा रहेको कर्जा १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।