November 13th, 2017

बैंकर्सलाई अस्तित्व जोगाउनै मुस्किल

सुष्मा थापा/बैंकिङ खबर । मर्जर तथा एक्विजिसनको नीतिका कारण बैंकहरुको संख्या घटिरहेको छ । सबै स्थानीय तहमा बैंक पुर्याउने अभियानका कराण बैंकहरुको शाखा बढेपनि अब बैंकको संख्या बढ्दैन । बरु अझै घट्ने सम्भावना छ । वाणिज्य बैंकहरु २८ नै कायम रहेपनि विकास बैंकहरुको संख्या अझै घट्दैछन् । त्यस्तै, फाइनान्स कम्पनीहरुको संख्या पनि खुम्चिँदैछ । बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएसँगै धेरै बैंकरहरु छोटै समयमा रिटायर्ड लाइफ बिताउन बाध्य भइरहेका छन् ।

छोटै समयमै रिटायर्ड लाइफ
कैलाश विकास बैंकमा दुई कार्यकाल बिताएर बाहिरिएका कृष्णराज लामिछानेले आइतबारदेखि महालक्ष्मी विकास बैंकको नेतृत्व सम्हालेका छन् । लामिछाने गत जेठ महिनादेखि नै कैलाश विकास बैंकबाट बाहिरिएका थिए । झन्डै छ महिनाको ग्यापपछि लामिछानेको कम ब्याक भएको छ । यद्यपि, कात्तिक १ गतेदेखि नै महालक्ष्मीबाट बाहिरिएका रमेश कुमार भट्टराईको कम ब्याक कतै भएको छैन । भट्टराई मात्रै नभएर उपेन्द्र पौडेल, विजयबहादुर शाह, किशोर महर्जन, कुमार लम्साल, अजय श्रेष्ठ, अनुजमणी तिमल्सिना, अनिल ज्ञवाली, लगायत थुप्रै अनुभवी र ठूला बैंकरहरु अहिले कामविहीन भएर बसेका छन् । यसबीचमा पनि अनिल केशरी शाह भने भाग्यमानी ठहरिएका छन् । मंसिरमा मेगा बैंकबाट बाहिरिन लागेका शाहले सेञ्चुरी बैंकमा नियुक्ति पाइसकेका छन् । साथमा बैंकर्स संघका अध्यक्ष समेत रहेका शाह अबको केही समय बैंकतिरै व्यस्त रहने देखिएको छ ।  

अस्तित्व जोगाउनै मुस्किल
बैंकको सीईओ जस्तो पदमा रहेर बाहिरिएका बैंकरहरुलाई अब आफ्नो अस्तित्व जोगाउनै मुस्किल पर्न थालेको छ । केही समयअघिसम्म ठूलो पारिश्रमिकको माग गर्ने सीईओहरु अब आफ्नो मूल्य घटाएरै भएपनि अस्तित्व कायम गर्नतर्फ लाग्नुपर्ने अवस्था देखिएको छ । मर्जर, एक्विजिसन तथा दुई कार्यकालभन्दा बढी एउटै बैंकमा रहन नपाउने व्यवस्थाका कारण बाहिरिन बाध्य भएका यस्ता बैंकरहरु ठूलो संकटमा फसेका छन् । माथिल्लो लेभलका बैंकर्सको संख्या अत्याधिक हुँदा तल्लो स्तरमा रहेर काम गर्न पनि नमिल्ने र माथिल्लो पदमा नियुक्ति पनि नपाइने अवस्थामा बैकरहरु आइपुगेका छन् ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]