Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माईक्रोफाइनान्सको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

२०७४ कार्तिक १९ गते

गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने (आ.ब. २०७४/७५ को) प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक वेगनास, पोखरामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए । 

कार्तिक १७ देखि १८ गतेसम्म चलेको कार्यक्रममा हाल संचालनमा रहेका २० वटा शाखाका सम्पुर्ण शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । उक्त दुई दिने कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विष्णु प्रसाद ढकाल, लेखा वित्त तथा सुचना प्रविधि विभाग प्रमुख अनित जंग पाण्डे, कर्जा, योजना तथा अनुगमन विभाग प्रमुख प्रभुराज थापा र लेखा वित्त तथा सुचना प्रविधि विभागका विक्रम थपलियाले प्रशिक्षण दिएका थिए ।

१८ गते शनिवार संस्थाका प्रमुख कार्यकारी अधिकृतको समिक्षात्मक मन्तव्यसँगै कार्यक्रम समापन भएको हो ।