मेरो माइक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडका नवनियुक्त अध्यक्ष सञ्जिब मानन्धरले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंक तथा बित्तीय सस्थासम्बन्धी ऐन २०७४ बमोजिम शपथ ग्रहण सम्पन्न भएको हो ।
कम्पनीको हालै सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका संचालकहरुमध्येबाट कात्तिक ८ गते बुधवार बसेको कम्पनीको संचालक समितिको बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो ।
उक्त शपथ ग्रहणको अवसरमा बैंक तथा वित्तीय संस्था नियमन विभागका अन्य पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रामहरि दाहाल, निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालको पनि उपस्थिति रहेको थियो ।
नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स बैंकहरुद्वारा प्रवर्द्धित एक मात्र वित्तीय सस्था हो । मेरो माइक्रोफाइनान्सले हाल ४५ जिल्लामा ७० वटा शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।


