Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकद्वारा ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सहयोग

२०७४ आश्विन १० गते

एनआईसी एशिया बैंकले काठमाडौँको स्यूचाटारस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु  (खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

बैंकले आफ्नो देश भरी फैलिएको १२५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिँदै आएको जानकारी गराउँदै भविष्यमा पनि यसरी नै निरन्तर रुपमा सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

Ad