Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

को हुन् गुरुप्रसाद न्यौपाने ? जसले बैंकिङ कसुरको सजाय भोग्दैछन्

admin २०७४ भाद्र २४ गते
सेयर:

जनता बैंक नेपाल लिमिटेडका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने बैंकिङ कसुरमा दोषी ठहरिएका छन् । जनता बैंकमा आफू सञ्चालक हुँदा माछापुच्छ्रे बैंकसँग मर्जको भित्री सूचनामा चलखेल गरी आफ्नी श्रीमती सावित्रीदेवीको नाममा जनता र माछापुच्छ्रे बैंकको साधारण सेयर दोस्रो बजारबाट उठाएकोमा उनलाई राष्ट्र बैंकले दोषी ठहर गरेको हो । 

आफैँ संचालक रहेको कम्पनीको सेयर दोस्रो बजारबाट खरिद गरेकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को दफा ११ को प्रतिबन्धात्मक व्यवस्थाबमोजिम न्यौपाने बैंकिङ कसुरका दोषी ठहरिएका हुन् । त्यस्तै, सोही ऐनको उफदफा १ मा ‘बैंक वा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवार वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद बिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन वा लेनदेन गर्न हुँदैन । तर, नयाँ सेयर जारी गरेको अवस्थामा यो प्रतिबन्ध लागू हुने छैन’ भनिएको छ । सोही दफाको उपदफा २ मा कसैले उपदफा (१) को विपरीत कुनै काम गरेमा त्यस्तो धितोपत्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले जफत गर्नेछ भन्ने कुरा स्पष्ट रूपमा किटानी गरिएको छ । उपदफा ३ ले उपदफा (२) बमोजिम जफत भएको धितोपत्र समितिले उचित ठह¥याएको किसिमबाट बिक्रीवितरण गर्न सक्नेछ भनेको छ ।

न्यौपानेले श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ताभन्दा बढी सेयर खरिद गरेका थिए । त्यसपछि निष्कासन भएको ५० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस गरी ८५ हजार कित्ताभन्दा बढी सेयर पुगेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनमा जनता बैंकले न्यौपानेको उक्त सेयर जफत गर्ने निर्णय गरेको छ । सेयर जफत गरेर बैंकले बोलकबोलबाट सर्वसाधारणमा बिक्री गर्नेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।