Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हज यात्रुहरुलाई प्रभु बैंकले उपलब्ध गरायो डलर/साउदी रियाल सटही सुविधा 

२०७४ श्रावण २५ गते

मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा २०७४ सालको हजयात्राका लागि गएका १,२५० जना नेपाली हजयात्रीहरुलाई प्रभु बैंक लिमिटेडले अमेरिकी डलर र साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ । बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृती प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको हो । उक्त सटही सुविधा २०७४ साउन २५ गतेदेखि १० दिनसम्म काठमाडौँको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । 

प्रभु बैंकले उपलब्ध गराएको डलर/साउदी रियल सटही सुविधा लगायत बैंकद्धारा उपलब्ध गराईएका  अन्य सेवा समेत उपभोग गरी हज यात्राका लागि प्रस्थान गर्नेे सम्पूर्ण हजयात्रीहरुले अधिकतम लाभ लिने विश्वास बैंकले लिएको छ ।