Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दुई अर्बमाथि कर तिर्ने वाणिज्य बैंकहरु

२०७४ श्रावण २० गते

गत आर्थिक वर्षमा अर्बमाथि कर तिरेका २० कम्पनीमध्ये १० वटा वाणिज्य बैंकहरु परेका छन् । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक र एभरेष्ट बैंकले अर्वमाथि कर तिरेका हुन् ।

अर्बमाथि कर तिर्ने १० बैंकमध्ये दुई वटा बैंकले दुई अर्बभन्दा बढी कर राज्यलाई बुझाएका छन् । सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक नविल बैंक रहेको छ । हरेक वर्ष अरबौँ नाफा कमाउने गरेको बैंकले गत आर्थिक वर्षमा मात्रै दुई अर्ब २१ करोड ४७ लाख ९४ हजार रुपैयाँ कर तिरेको छ । धेरै कर तिर्ने समग्र कम्पनीहरुको सूचिमा भने नविल बैंक छैटौँ स्थानमा छ । 

त्यस्तै, दुई अर्ब कर बुझाउने दोस्रो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंकले गत वर्ष राज्यलाई दुई अर्ब तीन करोड ४७ लाख २० हजार रुपैयाँ कर तिरेको छ । अर्वपति करदाताको सूचिमा भने नेपाल इन्भेष्टमेन्ट बैंक सातौँ स्थानमा छ । 

Ad