Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आरविवि मर्चेन्ट बैंकिङ्गको प्रथम वार्षिक साधारण सभा सम्पन्न

२०७४ श्रावण १९ गते

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे आ.व. २०७२/०७३ को प्रथम वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा  सम्पन्न भएको छ ।  साधारण सभाले आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ । 

साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने भएकाले दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको बताए । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले हाल १० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले निकट भविष्यमै कारोबार संचालन गर्ने बताए । 

साधारणसभामा आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका संचालकहरु कबिराज अधिकारी, केसब प्रसाद लम्साल, देबेन्द्र रमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायब महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, टेकराज जोशी, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनीधि लगायतकोे उपस्थिती रहेको थियो । साभारणसभालाई कम्पनी सचिव बिष्नु प्रसाद कंडेलले सहजीकरण गरेका थिए ।

Ad