Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘मेक्स अप्सन ट्रेडिङ च्यालेन्ज’मा विश्वास बस्नेत विजयी

२०७४ श्रावण १८ गते

मेक्स नेपालद्वारा आयोजित ‘मेक्स अप्सन ट्रेडिङ च्यालेन्ज’श्रावण १६ गते समापन गरिएको छ । अप्सन कारोबार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको समय अवधि लगभग एक महिनाको रहेको थियो । यस प्रतियोगिताका सहभागीहरुलाई कारोबार गर्नका लागि पचास हजार बराबरको नमूना रकम प्रदान गरिएको थियो । प्रतियोगिता भरी आफ्नो कारोबार कौशलता, कारोबार रणनीति, अनुशासन र पूँजी व्यवस्थापनमा दक्षता देखाउँदै, प्राप्तपूँजी रकमलाई अधिकतम बनाउन सफल शीर्ष तीन सहभागीहरु विजेता बन्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम हुने सहभागी विश्वास बस्नेतले आफूले प्राप्त गरेको पचास हजार पूँजीलाई ६६.४६ प्रतिशतले वृद्धि गर्न सफल भएका थिए । उनी शंकरदेव क्याम्पसका व्यवस्थापन संकायका बिद्यार्थी हुन । त्यसैगरी द्वितीय स्थानमा सलिल प्रसाद श्रेष्ठले खुद मुनाफा ६३.९७ प्रतिशत आर्जन गरेका थिए । सलिल डि–लाईफ स्टाईलमा मार्केटिङ अफिसरको रुपमा कार्यरत छन् । आफ्नो पूँजीलाई ५७.९४ प्रतिशतले वृद्धि गर्दै सोनाटा इन्भेष्टमेन्टबाट कारबोबार गर्ने कमोडिटी बजारकै कारोबारी दिलकृष्ण तामाङ तृतिय स्थान ओगट्न सफल भएका छन् । 

विजेताहरुलाई मर्कान्टाइल एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रनले कारोबार खाता, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । उपहारमा प्रथम स्थान विजेतालाई बीस हजार तथा द्वितीय र तृतिय स्थान विजेतालाई क्रमस पन्ध्र र दश हजार प्रदान गरिएको थियो ।

यो प्रतियोगितामा भएको उत्साहजनक सहभागिता र बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कमोडिटी बजारका सरोकारवालाहरुमा थप हौसला र विश्वासको वातावरण सृजना गरेको छ । यस्ता किसिमका प्रतियोगिताहरु आगामी दिनहरुमा गर्दै लगिने एक्सचेञ्जले जनाएको छ ।

Ad