नेपाल बैक लिमिटेडले चितवनको भण्डारामा शाखा पुनःस्थापना गरेको छ । बैकको १३२औँ शाखाको स्थानीय ग्राहक गीता राईले महिला वचत खाता खोली शुभारम्भ गरिन् । उक्त शुभारम्भ समारोहमा शाखा प्रवन्धक हिमाल गिरी लगायत स्थानीय व्यापारी उद्यमी तथा सर्वसाधारणको उपस्थिति थियो । उक्त शाखा तत्कालीन सशस्त्र संघर्षको कारण ०५९ चैत्र ५ गते बन्द भएको थियो ।