रोयल आचार्य/बैंकिङ खबर
नेपाल धितोपत्र बोर्डले चालु आर्थिक बर्ष २०७४÷७५ का लागि सेयर बजारलाई व्यवस्थित र स्वस्थ प्रतिष्पर्धात्मक बनाउने रणनीति लिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समेट्ने गरी नयाँ रणनीति बनाउने योजना रहेको बोर्डले जनाएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा पूँजी बजारलाई देशको आर्थिक विकासको महत्वपूर्ण संयन्त्रको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बचत तथा लगानीलाई आकर्षित गर्न आधुनिक र विश्वसनीय पूँजीबजारको विकास गरिने कुरा उल्लेख गरी पूँजी बजारलाई महत्व दिइएको सोहि अनुसार काम कारबाही अघि बढाउने बोर्डको रणनीति रहेको छ । पूँजी बजारको विकास र स्थायित्वका लागि नीतिगत र संस्थागत व्यवस्था, उत्पादनमूलक कम्पनीहरुलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन, धितोपत्र कारोवारलाई पारदर्शी र पूर्ण स्वचालित, धितोपत्र नियमन सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गर्ने लगायतका नीति तथा कार्यक्रममा समावेश भएका कुराहरु कार्यान्वयन गर्ने छ ।
नयाँ स्टक एक्स्चेञ्जका लागि अध्ययन
धितोपत्र बोडर्ले प्राइभेट सेक्टरको नयाँ स्टक एक्सचेञ्ज कम्पनी भित्राउने पक्रिया शुरु गरिसकेको छ । नेपालमा हाल रहेको एक मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कहिले सफ्टवेयरले काम नगर्ने जस्ता समस्या साथै एक मात्र कम्पनी हुँदा पूँजी बजार उकासिन नसक्ने भन्दै बोर्डले प्राइभेट सेक्टरको नयाँ स्टक एक्स्चेञ्जको परिकल्पना गरेको हो । धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्जका लागि अघि बढाएको प्रक्रियामा धेरैले आपत्ति जनाएका छन् । यसमा अर्थमन्त्रालय पनि सकरात्मक देखिएको छैन । नेप्सेमा रहेको नेपाल राष्ट्र बैंकको सेयरपनि बिक्रि गर्ने गभर्नर डा. नेपालले बोर्डकै एक कार्यक्रममा घोषणा गरेका थिए । नयाँ स्टक एक्स्चेञ्जका बिषयमा थप अध्ययन भइरहेको बोर्डका सह–प्रवक्ता निरन्जन घिमिरेले बताए । बैंकिङ खबरसँग कुरा गर्दै सह–प्रवक्ता घिमिरेले भने –‘नयाँ स्टक एक्चेञ्जको बिषयमा अहिले थप अध्ययन भइरहेको छ, अध्ययनको निष्कर्ष के निस्किन्छ त्यसपछि थाहाँ हुन्छ ।’ बोर्डले नयाँ स्टक एक्स्चेञ्जलाई अनुमति दिनका लागि करिब १० बर्ष पहिले दर्ता भएर अनुमतिको पर्खाइमा बसेका कम्पनीलाई आवश्यक प्रक्रिया पुरा गरेर एक भएर आउन आग्रह गरेको थियो ।
बोर्डका प्रमुख चुनौतीहरु
धितोपत्र बोर्डले सेयरबजारलाई सुधार गर्नका लागि विभिन्न योजनाहरु ल्याए पनि ती योजना कार्यान्वयनमा धेरै चुनौतीहरु देखिएका छन् । बोर्डको क्षमता अभिबृद्धि सहित प्रभावकारी नियमन तथा सुपरीवेक्षण, धितोपत्रको दोश्रो बजारलाई प्रतिस्पर्धात्मक बनाई देशव्यापी बनाउनु, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले गरेको प्रोत्साहनमूलक व्यवस्था अनुसार वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउनु लगायतका मूख्य चुनौतीहरु बोर्ड सामू तेर्सिएका छन् ।
वित्तीय साक्षरता व्यापक रुपमा अभिबृद्धि गर्ने, धितोपत्र बजारमा एनआरएनको लगानी भित्र्याउने, धितोपत्र बजारलाई स्थायित्व प्रदान गर्न संस्थागत लगानीकर्ता भित्र्याउने, नियमन प्रणाली तथा बजार संरचनालाई अन्तर्राष्ट्रियस्तरको बनाउने तथा नेपाल सरकारको चौधौ योजना तथा क्म्क् ले परिलक्षित गरेका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गराउनु पनि बोर्डको मूख्य चुनौतीको रुपमा छ । यी चुनौती पार गर्न सके मात्रै बोर्डका रणनीतिहरु फलदायी बन्न सक्नेछन् ।
सेयर बजारमा भएका प्रमुख सुधारहरु
सेयर बजार सम्बन्धी नियमन गर्ने नियाकमक निकाय नेपाल धितोपत्र बोर्डले नेपालको सेयर बजारमा धेरै सुधारहरु ल्याएको छ । धितोपत्रको दोस्रो बजारमा पूर्ण अभौतिकृत धितोपत्रको मात्र कारोबार शुरु भएको छ । यस अघि नभएको सेयरबजारको गहिराई हेर्ने व्यवस्था, धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्य त्ंघ को पूर्ण कार्यान्वयन, मर्चेन्ट बैकिङ सेवालाई व्यवस्थित गर्न निर्देशन, सूचना प्रवाह व्यवस्थित गर्न निर्देशन लगायतका सुधारहरु बोर्डले गरेको बोर्डका सहायक प्रवक्ता एवं डेपुटी डाइरेक्टर निरन्जन घिमिरेले जानकारी दिए । बैंकिङ खबरलाई उपलब्ध डाटा अनुसार हकप्रद तथा बोनस सेयर, नगद लाभांश र सार्वजनिक निष्काशनमा फिर्ता गर्नुपर्ने रकम लगानीकर्ताको खातामा जम्मा गर्नुपर्ने व्यवस्था, ओटिसी बजार व्यवस्थित गरी नियमित कारोवार हुने व्यवस्था, सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिन बडापत्रको व्यवस्था तथा महिला, अपांग, केटाकेटीसहितका साना लगानीकर्ताहरुलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ्ग फ्लोरमा थप ट्रेडिङ्ग विण्डो उपलव्ध गराउने लगायतका व्यवस्थाहरु गरिएको छन् ।
सार्वजनिक निष्काशनमा आस्वा प्रणाली
धितोपत्र बोर्डले गत आर्थिक बर्ष २०७३÷७४ बाट नेपालमा आस्वा सेवाको शुभारम्भ गरेको छ । धितोपत्र बोर्डले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष सम्ममा ५२ बैंक तथा वित्तीय संस्थाहरु आस्वा प्रणालीमा आवद्ध भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको २ हजार ३ सय ८ आठ शाखाहरु मार्फत देशको ७५ जिल्लामा प्राथमिक बजार सेवा शुभारम्भ भएको छ । बार्डले गत आ.ब. बाट मात्रै साना लगानीकर्ताको हितका लागि नयाँ धितोपत्र बाँडफाँट प्रणाली, प्राकृतिक व्यक्तिले मात्र सार्वजनिक निष्काशनमा आवेदन दिने व्यवस्था, आगामी श्रावणदेखि आस्वा प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् धितोपत्रको निष्काशनदेखि सूचिकरणसम्मको समयावधि ६ महिनाबाट करिब २ महिनामा नै गर्न सक्ने व्यवस्था, २०७३ श्रावण १ देखि काठमाडौं उपत्यकामा र माघ १ देखि नेपालभरी प्राथमिक निष्काशनमा डिम्याट खाता अनिवाय लगायतका काम कारबाही गरेको छ ।
बोर्डको कानुनी व्यवस्था
धितोपत्र बोर्डले गत आर्थिक बर्षमा कानून निर्माण तथा लागू गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू गत आर्थिक बर्षमै लागू गरेको थियो भने धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ जारी समेत गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन, धितोपत्र खरीद (सार्वजनिक निष्काशन) निर्देशिका, २०७३ लागू, धितोपत्र व्यवसायी (मर्चेन्ट व्यवसायी) नियमावली, २०६४ मा मर्चेन्ट बैंकरको कार्यक्षेत्र थप गरी संशोधनको प्रकृया अघि बढाउनुका साथै बोर्डको सार्वजनिक खरिद नियमावली, २०६६ मा समसामयिक सुधार गरी संशोधनको लागि अर्थ मन्त्रालयमा पेश समेत गरेको थियो ।




