Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

थप ४ ठाउँमा नविल बैंकको एटिएम सेवा शुचारु

२०७४ असार २९ गते

नबिल बैंकले थप ४ वटा नयाँ एटीएमहरू सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार काठमाडौंको बूढानिलकण्ठ, पुतलीसडक, वीरगन्जको होटल भिस्वाँ र लुम्बिनीमा नयाँ एटिएम सेवा शुचारु गरेको हो । यससँगै बैंकको एटीएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कुल सय पुगेको छ । भिसा कार्ड, मास्टर कार्ड, युनियन पे अन्तराष्र्टिय कार्ड र एससिटी कुनै पनि कार्ड बाहकहरूले उक्त एटीएमहरूबाट नगद झिक्ने तथा एटीएमका अन्य सुविधाहरू उपभोग गर्न सक्ने छन् ।

नबिल बैंकले ५२ वटा शाखा र १ विस्तारित काउन्टरको बृहत् सञ्जाल, सयवटा एटीएमको विशाल संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरूसँगै अघि बढ्ने विश्वास राखेको बैंकले जनाएको छ ।
 

Ad