नेपाल राष्ट्र बैंकले संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्ने निर्देशन दिने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित बैंकको कर्तव्य हुने उल्लेख गरेको छ । निर्देशन पालना नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था बमोजिम आवश्यक कारबाही गरिने समेत राष्ट्र बैंकले जनाएको छ ।