Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलालीको बौनियाँमा एनआईसी एशिया बैंकको नयाँ शाखा 

२०७४ असार १८ गते

एनआईसी एशिया बैंकले आफ्नो ९५औं शाखा कैलाली जिल्लास्थित बौनियाँमा विस्तार गरेको छ । आइतबार (असार १८ गते) एक समारोहका बिच नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका प्रमुख बिश्रुत थापाले उक्त शाखाको विधिवत् समुद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११३ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Ad