Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

असार २९ गते देवःको साधारणसभा : यस्ता छन् प्रस्तावहरु

२०७४ असार १४ गते

देवः विकास बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले यही असार २९ गते विशेष साधारणसभा गरेर ४० प्रतिशत हकप्रद सेयर पारित गर्ने बताएको छ । साधारणसभा प्रयोजनका लागि २३ गतेदेखि सेयरधनी पुस्तिका बन्द हुने पनि बैंकले जानकारी गराएको छ । 

साधारणसभामा देवः विकास बैंकले युनियन फाइनान्सलाई ५० प्रतिशत सेयर स्वाप अनुपातमा खरिद गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथमा एक्विजिसनपछि ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  हकप्रद बिक्री पश्चात बैंकको पूँजी दुई अर्ब ५० करोड पुग्नेछ । 

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन देवः विकास बैंकले यसअघि साझा विकास बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर पनि गरिसकेको छ ।
 

Ad