Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्थापनाको आठौँ वर्षमा टुरिजम डेभलपमेन्ट बैंकको प्रवेश, यस्ता छन् नयाँ योजनाहरु

२०७४ असार ११ गते

आफ्नो स्थापनाकालको सातौं वर्ष पुरा गरी हाल आठौं वर्षमा आफ्नो सेवा सञ्चालन गरिरहेको यस टुरिजम डेभलपमेन्ट बैंक लि. ले प्रबिधिमा आधारित थप बैंकिङ सेवा सुबिधाहरुलाई ग्राहकसमक्ष प्रस्तुत गर्न लागेको छ । ग्राहकको आधार, व्यवसाय तथा शाखा कार्यालय लगायतको विस्तारसँगै ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा सुबिधालाई अझै परिष्कृत, अत्याधुनिक विश्वसनिय, प्रबिधिमैत्री एवं पहुँंचमुखी बनाउन सदाझै प्रतिबद्घ रहेको बैंकको दाबी छ । यस क्रममा आफ्नो व्यवसाय विस्तारका साथै आफ्ले प्रदान गर्दै आएको प्रबिधिमा आधारित बैंकिङ सेवालाई अझ सुरक्षित् तथा प्रभावकारी तथा विस्तारित बनाउने निम्न बमोजिमका नयाँ योजनाहरुको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।

१.ई.एम.भी. चिप प्रविधिमा आधारित भिषा डेबिट कार्ड/यूएस डलर कार्ड/अन्तराष्ट्रिय ट्राभल कार्ड जारी गरिएको

  • यी कार्डहरु विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक ई.एम.भी चिप प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित छन् ।
  • भिषा डेबिट कार्ड नेपाल र भारतका एक लाखभन्दा बढी ए.टी.एम्हरुमा चल्छ ।
  • भिषा अन्तराष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँबाट त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न साथै भुक्तानी गर्न सकिने । 
  • बैंकले भिषा डेबिट तथा अन्तराष्ट्रिय ट्राभल कार्ड अरु बैंकहरु भन्दा सस्तो शुल्कमा जारी गरिएको ।

२. स्र्माट मोबाईल बैंकिङ सेवा [TDBL BANK SMART] शुरु गरिएको 

  • यस नयाँ प्रविधिको मोबाईल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै जीपीआरएस अथवा वाईफाईबाट अब ग्राहकहरुले विश्वको कुनै पनि ठाउबाट आफ्नो खाताबाट कारोबार गर्न सक्नेछन् ।
  • बैंकका नयाँ शाखाहरु, खाताहरु, सेवा लगायत ए.टी.एम संजालको बारेमा जानकारी प्राप्त गर्न सकिने।
  • अन्तर बैंक भूक्तानी गर्न सकिने ।
  • वस्तु तथा सेवा खरिद वापत भुक्तानी गर्न सकिने ।

३. पोईन्ट अफ् सेल्स(POS) शिन शुरु गरिएको

  • यी मेशिनहरु इ.एम.भी. चिप प्रविधिमा आधारित भएकाले कारोबार अझ सुरक्षित हुने ।
  • उक्त नयाँ सेवाबाट व्यवसायीहरुलाई आफ्नो व्यवसाय बढाउन मद्दत पुग्नेछ भने ग्राहकहरुले कुनै पनि बैंकको डेबिट÷क्रेडिट कार्डबाट सहज एवं सरल रूपमा कारोबार गर्न सक्नेछन् ।

४. अनलाइनबाट शेयर भर्ने व्यवस्था 

  • बैंकले हाल प्रदान गर्दै आएको आस्वा सेवालाई प्रभावकारी बनाउदैं ग्राहकहरुलाई थप सुविधा दिनका लागि छिट्टै अनलाइनबाट शेयर भर्ने व्यवस्था गर्दैछ ।

५. शाखा संजाल बिस्तार योजना

  • बैंकले ८ नयाँ शाखा तथा ५ वटा थप एक्सटेन्सन काउन्टर संचालनमा ल्याउने योजना गरेको छ । 
  • बैंकले रुपन्देहीको कटैया, काठमाडौको ज्ञानेश्वर, कंचनपुरको महेन्द्रनगर र झापाको दमकमा शाखा खोल्ने प्रक्रिया शुरू गरिसकेको छ भने बाँकी शाखा तथा एक्सटेन्सन काउन्टरहरु प्रकृयामा रहेका छन् ।
  • बैंकले वित्तिय पहुंच नभएको केही स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गर्न समेत सोच बनाएको छ ।

६. परामर्श सेवा

  • बैंकले कानूनको परिधिभित्र रहेर बैदेशिक लगानीकर्ताहरुका लागि परामर्श सेवाको शुरुवात गर्ने योजना रहेको छ ।
  • यसै क्रममा बैंकले जापानी लगानीकर्ताहरुसंग छलफल गरिरहेको र छिट्टै द्विपक्षिय सहमति हुने अपेक्षा रहेको छ । 

७. बैंकका अन्य विशिष्टिकृत सेवाहरु

  • वैदेशिक मुद्रामा सबैभन्दा ठूलो आकारको कारोबार गर्ने विकास बैंक रहेको, 
  • स्विफ्ट (SWIFT), NOSTRO, INR ड्राफ्ट सेवा प्रदान गरिरहेको,
  • पर्यटन व्यवसाय प्रवद्र्घन एवं लगानीमा अग्रणी बैंक रहेको । 
Ad