Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

५० प्रतिशत हकप्रत वितरण गर्दै गुह्वेश्वरी मर्चेन्ट

२०७३ बैशाख ५ गते

guheshwariगुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । कम्पनीले साढे १७ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न लागेको हो । 

कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ३३ करोड हाराहारी छ । 

कम्पनीले गत बर्षको नाफाबाट १५ प्रतिशत वोनस सेयर दिएको थियो ।