कमोडिटि बजारको ब्यवहारिक ज्ञान अभिवृद्धि गर्न बिभिन्न पक्षहरुलाई आकर्षित गर्ने उद्देश्य सहित मेक्स नेपालले मेक्स अप्सन ट्रेडिङ्ग च्यालेन्ज २०१७ को आयोजना गरेको छ । यस प्रतियोगितामा कुनै पनि ईच्छुक ब्यक्तिले निशुल्क सहभागी हुन पाउने छन् । सबै सहभागिहरुले रु ५०,००० बराबरको नमूना कारोबार रकम प्राप्त गर्ने छन् । यस प्रतियोगितामा सहभागीहरुले आफ्नो कारोबार कौशलता, कारोबार रणनिति, अनुशासन र पूँजी व्यवस्थापनमा दक्षता देखाउन सक्नेछन् ।
असार १९ गतेदेखि श्रावण १६ गतेसम्म आयोजना हुने उक्त प्रतिस्पर्धामा उपलव्ध रकमलाई बढाएर सबै भन्दा बढि पूँजी बनाउने तिन जना सहभागीहरुलाई बिजेता घोषणा गरिनेछ । पहिलो बिजेताले रु २०,००० तथा दोस्रो र तेस्रो बिजेताले क्रमसः रु १५,००० र रु १०,००० बराबरको वास्तबिक रकम जित्नेछन् ।
उक्त प्रतिस्पर्धामा हाल एक्सचेन्जको अप्सन कारोबार स्थलमा उपलब्ध वास्तबिक कारोबारको लागि उपलब्ध सम्पुर्ण करारहरु उपलब्ध हुनेछन् । साथै करारको मुल्य उतारचढाव पनि वास्तविक नै हुनेछ । वास्तविक कारोबार स्थलमा उपलब्ध सम्पूर्ण सुविधाहरु समेत यस नमूना कारोबार प्रतिस्पर्धामा उपलब्ध गराईनेछ ।
यस प्रतिस्पर्धामा सहभागी हुनको लागि २०७४, आसार १४ सम्म दर्ता गरि सक्नु पर्नेछ । सबै दर्ता भएका सहभागीहरुलाई नमूना कारोबार स्थल साथै त्यसको लग ईन युजर र पासवर्ड उपलब्ध गराईने छ । उक्त कारोबार स्थललाई आषाढ १९ गते देखि सकृय गरिने छ । त्यससंगै सहभागीहरुले उपलब्ध लगईन युजर र पासवर्ड प्रयोग गरि प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।