सिटिजन्स बैंकले लुइस बर्जरको सहकार्यमा भुकम्प अतिप्रभावित जिल्ला नुवाकोटको ५ वटा गा.वि.स. (तारुका, फिकुरी, गेर्खु, दुईपिपल र गणेशथान) मा जेष्ठ १५, १६, १७, १८ र १९ गरि पाँच दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विशेष गरी युवा, विद्यार्थी, सिमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार÷महिलालाई लक्षित गरि आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
सर्वसाधारणलाई बैंकिङ्ग प्रणालीको बारेमा सामान्य जानकारी, ग्राहकहरुलाई बचत तथा ऋणको सहि व्यवस्थापन गरि व्यवसाय संचालन गर्ने, योजनाबद्ध रुपमा आफ्नो व्यवसायको तथा परिवारको बजेटको योजना गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ । यस कार्यक्रमले ग्रामिण क्षेत्रमा उल्लेखनीय विश्वास र बैंकिङ्ग सभ्यता बिकास गर्न सहयोग पुर्याउने विश्वास बैंकले दिएको छ ।