Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकद्धारा विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम

२०७४ जेष्ठ २२ गते

विश्व वातावरण दिवसको अवसर पारेर एनआईसी एशिया बैंक लिमिटेडले वृक्षारोपन गरेको छ । सोमबार (जेठ २२ गते) बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, पर्वत र अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एवं बैकंको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर एनआईसी एशियाले सो कार्य गरेको जानकारी दिएको छ । 

एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सोको यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको छ । बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।


 

Ad