विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंक लिमिटेडले नेपाल आर्मी इन्स्टिच्युसन अफ हेल्थ साइन्स(एनएआईएचएस) को वृक्षारोपण कार्यक्रमलाई सहयोग गरेको छ । एनएआईएचएसका कर्मचारी, सदस्य तथा प्रशिक्षार्थीहरुले मेडिकल कलेज वरिपरि विभिन्न प्रजातीका सात सय वटा विरुवा रोपेका थिए । रुखलाई जोगाऔँ भन्ने नाराका गरिएको उक्त अभियानमा द नेशनल ट्रष्ट फर कन्जर्भेसन र जिल्ला वन कार्यालय, काठमाडौँले वृक्षारोपणका साथै उक्त कार्यका लागि आवश्यक प्राविधिक सहयोग समेत गरेका थिए ।