अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीम जानुअघि अनिवार्य रुपमा बैंकमा खाता खोल्नुपर्ने र विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्ने बताएका हुन् । साथै विदेशमा कमाएको रकमलाई रेमिट हाइड्रो लगायतमा लगानी गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख छ ।