Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नवलपरासीको कावासोतीमा सिद्धार्थ बैंकको नयाँ शाखा 

२०७४ जेष्ठ १२ गते

सिद्धार्थ बैंकले नवलपरासीको कावासोतीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाट नगरेको छ । शुक्रबार (जेठ १२ गते) एक विशेष समारोहका बीच बैंकका संचालक महेश प्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

बैंकले हालै चितवनको टाँडीमा रहेको आफ्नो शाखा कार्यालयको पनि औपचारिक उद्घाटन गरेको थियो ।

बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकले ७५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । 

Ad