Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मर्जर प्रस्ताव पारित गर्न कामना र सेवाले कहिलेलाई बोलाए साधारणसभा ?

२०७४ जेष्ठ १० गते

मर्जरमा जान लागेका सेवा विकास बैंक लिमिटेड र कामना विकास बैंक लिमिटेडले एकै दिन विशेष साधारणसभा गर्ने भएका छन् । बुटबलमा केन्द्रीय कार्यालय रहेको सेवा र पोखरामा रहेको कामनाले मर्जर प्रस्ताव पारित गर्नका लागि जेठ २५ गते छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन् । कामनाको विशेष साधारण सभा होटल पोखरा ग्रान्ड पार्दी बिरौटा, पोखरामा हुनेछ भने सेवाको आम्रपाली कटेज एन्ड रेष्टुरेन्टको सभाहल, बुटवल–८ मा हुनेछ ।

विशेष साधारणसभाबाट दुवै कम्पनीको चल अचल सम्पत्ति मूल्यांकन (डीडीए) प्रतिवेदन पारित गर्ने र सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ निर्धारण गरिने बताइएको छ । दुई संस्था गाभिएर कामना विकास बैंकको रुपमा वित्तीय कारोबार हुने छ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरमा राख्ने प्रस्ताव पनि साधारणसभामा गरिएको छ ।

तेस्रो त्रैमाससम्ममा कामनाको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ र सेवाको ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

Ad