नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठ मनोनित भएकी छिन् । बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
साढे दुई दशक लामो बैंकिङ करिअरका क्रममा महिला उद्यमीहरुलाई पुर्याएको योगदान बापत उनलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ । महासंघकी समितिको सभापतिमा भने कार्यकारिणी समितिकी सदस्य रहेकी कमला श्रेष्ठ मनोनित भएकी छिन् ।