अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा अल्पाइनले दुई करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२६ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा सात करोड ६६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ४७ दशमलव ४७ प्रतिशतले वृद्धि गरी एक अर्ब ८३ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा एक अर्ब ७२ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६१ दशमलव ०१ प्रतिशतले बढेर नौ करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ४३ दशमलव २४ प्रतिशतले बढेर पाँच करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा दुई करोड २९ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा चार दशमलव २२ प्रतिशत रहेको छ भने पुँजीकोषको अनुपात २० दशमलव ६१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ६१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ६५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव ४६ रुपैयाँ र तरलता अनुपात २६ दशमलव २१ प्रतिशत रहेको छ ।