Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिट र ग्लोबल मनि एक्स्चेन्जबिच सम्झौता, ओमानबाट पैसा पठाउनेलाई सजिलो

२०७४ बैशाख २६ गते

बुम रेमिट्यान्स प्रालि र ग्लोबल मनि एक्स्चेन्ज ओमान बिच बिप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । सम्झौता पश्चात नेपाल भ्रमणमा रहेका उक्त एक्स्चेन्जका महाप्रबन्धक मधुसुधनन् आर र बुम रेमिट्यान्सका प्रबन्धक निर्देशक धिरेन्द्र पन्तले ओमानमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई बुम रेमिटबाट पैसा पठाउँंदा धेरै फाइदा पुग्ने बताए । ओमानबाट पैसा पठाउंँदा नगद भुक्तानीको साथै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा पैसा तुरुन्तै जम्मा गरिने खालको सफ्टवेयर प्रयोग गरिएको जानकारी पन्तले दिए । साथै बैंक खातामा जम्मा हुँदा पैसा नकाटिने पनि समेत उनले बताए । 

सो अवसरमा ग्लोबल मनि एक्स्चेन्जका प्रबन्धक निर्देशक सुब्रोमोनियम के एस तथा दुबईको बेल्हासा ग्लोबल एक्स्चेन्जका महाप्रबन्धक सजिव कुमार समेतको उपस्थिति रहेको थियो । बेल्हासा ग्लोबल एक्स्चेन्जले दुबईको केन्द्रीय बैंकको स्वीकृति पाएपछि बुम रेमिटमार्फत सेवा सुरु गर्ने बताइएको छ । 

ओमानको ग्लोबल मनि एक्स्चेन्ज २०१६ सालकै उत्कृट एक्स्चेन्ज हो भने बुम रेमिट्यान्स छोटो समयमा नै निकै प्रगति गरेको नेपालको रेमिट्यान्स कम्पनी हो । ग्लोबल मनि एक्स्चेन्जको ओमान भरी ३७ बटा शाखाहरु रहेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बुम रेमिट्यान्सले ओमानको लागि आफ्नो प्रतिनिधि समेत पठाउने तयारी गरेको छ । ग्लोबल मनि एक्स्चेन्ज ओमान र बेल्हासा ग्लोबल एक्स्चेन्ज दुबई एउटै समुहद्धारा प्रर्वद्धित कम्पनी हुन ।

आन्तरिक सञ्जाललाई तीव्र रुपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई सोही अनुरुपमा विस्तार गर्दै जाने रणनीति लिएको छ । कम्पनीका प्रबन्ध निर्देशक पन्तका अनुसार, बुम रेमिटले यसअघि दुवई, बहराईन र माल्दिभ्समा समेत सम्झौता गरेको छ भने अब चाँडै नै हङ्ककङ्क, कतार, साउदी, मलेसिया र कुवेतमा ब्यापार बिस्तार गर्ने योजना बनाएको छ । साथमा बुम रेमिटले दक्षिण कोरिया, ईजरायल, जापान, युरोप, अमेरिका लगायतका मुलुकहरुमा समेत ब्यापर विस्तार गर्ने लक्ष्य लिएको छ । 

पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको सोत उनले बताए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने र विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने पन्तको तर्क छ ।   

Ad