सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ३२ दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सांग्रिलाले १० करोड ५८ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब सात करोड ३४ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ६२ करोड २० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा २२ दशमलव २२ प्रतिशतले वृद्धि गरी ११ अर्ब ७८ करोड ७० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १० अर्ब ८१ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिको सांग्रिलाको खुद व्याज आम्दानी ६१ दशमलव ६८ प्रतिशतले बढेर ५१ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय ३७ दशमलव पाँच प्रतिशतले बढेर ३८ करोड चार लाख रुपैयाँ पुगेको छ ।
चैत्र मसान्तसम्ममा सांग्रिला डेभलपमेन्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशत र पुँजीकोषको अनुपात १६ दशमलव २४ प्रतिशत रहेको छ ।