गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ६३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गुहेश्वरीले तीन करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा १३ करोड ०७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २८ दशमलव ९९ प्रतिशतले वृद्धि गरी दुई अर्ब ५८ करोड २५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा दुई अर्ब १९ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा फाइनान्सको खुद व्याज आम्दानी ५७ दशमलव ६३ प्रतिशतले बढेर आठ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५२ दशमलव ५१ प्रतिशतले बढेर सात करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
चैत्र मसान्तसम्ममा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ६७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २६ दशमलव २८ प्रतिशत रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४ दशमलव ०२ रुपैयाँ, तरलता अनुपात ३२ दशमलव ७७ रुपैयाँ रहेको छ ।