कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ११ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कैलाशले २१ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ९७ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैकले जगेडाकोषमा ८३ करोड ७० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ५९ दशमलव ४७ प्रतिशतले वृद्धि गरी १६ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५७ दशमलव २८ प्रतिशत वृद्धि गरी १४ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७९ दशमलव १४ प्रतिशतले बढेर ६७ करोड पाँच लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९४ दशमलव २६ प्रतिशतले बढेर ४७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा दुई करोड ३२ लाख रुप्ैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा छ करोड नौ लाख रुपैयाँ राखेको छ । बैंकको पूँजीकोष १७ दशमलव ९३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव १८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४२ दशमलव ३७ रुपैयाँ र तरलता अनुपात २७ दशमलव २९ प्रतिशत रहेको छ ।