Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बैंकिङ एक्स्पो सम्पन्न,  ६५ हजारले गरे अबलोन

२०७४ बैशाख १७ गते

काठमाडौंको भृकुटीमण्डपमा तीनदिनसम्म संचालन भएको बैंकिङ एक्स्पो सम्पन्न भएको छ । बैंकिङ एक्स्पोमा खाता खोल्नेदेखि योजना पेशगर्नेसम्मका मानिसहरु आएको स्टलमा सहभागि बैंकहरुले बताएका छन् । आयोजक संस्थाका अनुसार तीनदिनमा करिव ६५ हजारले बैंकिङ एक्स्पो अबलोकन गरेका छन् ।  मेलामा बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स, बीमा कम्पनी रेमिट्यान्स कम्पनी र मर्चेन्ट बैंकहरुको स्टल रहेको थियो ।

त्यसबाहेक नेपाल राष्ट्र बैंक, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, धितोपत्र बोर्ड, माइक्रो फाइनान्स एशोसियसन समेतको स्टल राखिएको थियो । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन भएको एक्सपोलाई नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन, बीमा समिति, धितोपत्र बोर्ड र नेपाल क्लियरीङ हाउसले पनि सहकार्य गरेका थिए । 

कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरंजीवि चापागार्इंले वित्तीय चेतना अभिबृद्धि गर्नमा बैंंकिङ एक्स्पो निकै सफल भएको बताउनु भयो । उहाँले वित्तीय चेतनाको अवश्यकतासँगै बीमा चेतनाको आबश्यकता अझ धेरै रहेको भन्दै बीमा चेतना बीस्तारका लागि आफूहरुले सहकार्य गर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक एवं सहप्रबक्ता राजेन्द्र पण्डीतले वित्तीय चेतनाका लागि आयोजना गरिएको बैंकिङ एक्स्पोले नसोचेको सफलता हासिल गरेको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रम ग्रामिण क्षेत्रमा पनि संचालन गरिने उल्लेख गर्नुभयो । बैंकिङ एक्स्पोका संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले जुन उद्येश्यले कार्यक्रम आयोजना गरिएको हो त्यो सफल भएको बताउँदै आगामी दिनमा यी कार्यक्रम देशका विभिन्न ठाउँमा लैजाने घोषणा गर्नुभयो ।