२०७३ चैत्र ७ गते

धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजम डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेशनलाई पाँच लाख रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले स्थापनाको सातौँ बर्ष पुरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई उक्त सहयोग गरेको हो । 

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्ने धुर्मुस सुन्तली फाउण्डेशनको उच्च सोचको प्रशंसा गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई सोमबार (चैत्र ७ गते) बैंकको बानेश्वर स्थित प्रमुख कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेको बताइएको छ ।