April 3rd, 2016

नेपालमा लघुवित्त र यसका चुनौती

-गोविन्द काफ्ले –

बङगलादेशका नोवेल शान्ति पुरस्कार बिजेता डाक्टर मो.युनुसको लघुवित्त सम्बन्धी अवधारणा बिकास भई हाल संसारभर छरिएको छ । सोही अवधारणामा हाल नेपालमा लघुवित्त कार्यक्रमहरु संचालित छन् । लघुवित्त संचालन गर्नेमा अग्रणी अवस्थामा लघुवित्त विकास बैंक, विकास बैंक र सहकारी सस्थाहरु रहेका छन् ।

पिछडीएका जनताको आर्थिक अवस्थामा टेवा पुर्याउनु, बैंकिङ पहुचभन्दा टाढा रहेका जनतालाई लघु कर्जाको माध्यमबाट सामुहिक जमानीको अधारमा कर्जा सुविधा प्रदान गरी आर्थिक क्रियाकलापमा सहयोग गर्नु र बचत गर्ने बानीको बिकास गर्नुनै लघुवित्त हो । हाल लघुवित्त संचालन गर्ने बैंक तथा वित्त सस्थाहरुको माध्यमबाट नेपालका सम्पुर्ण क्षेत्रमा लघुवित्त सेवा परोक्ष–अपरोक्ष रुपमा पुगेको देखिन्छ ।

लघुवित्तको माध्यमले बिपन्नताको बाटोबाट समृद्धिपथतिर लम्केका धेरै उदाहरणीय ब्यक्ति भेटिन्छन । सोधखोज गर्दै जाने हो भने बैंकिङ सुविधा नपाएको तर लघुवित्तका साहाराले सङघर्ष गरी  जीवन परिर्वतन गरेका धेरै ब्यक्तिका जिवन कथा समाजमा हामीले भेट्छौ । लघुवित्त संचालन गर्ने संस्थाले विभिन्न समयमा सीपमूलक तालीम, प्रौढ शिक्षा, सरसफाई र विभिन्न जनचेतनाका कार्यक्रम  संचालन गरेको हुँदा समाजमा आर्थिक विकाससंगै सामाजिक विकासमा समेत सहयोग पुगेको छ ।

हालको अवस्थामा बढ्दो लघुवित्त संचालन गर्ने संस्थाको बृद्धिले गर्दा बढ्दो दोहरोपनको कारणले एकै ठाउमा एकै ब्यक्तिमा कर्जा लगानी बृद्धि हुन गई खराब कर्जा बढनु, लघुवित्त पुर्ण रुपमा नाफामुखी हुँदै जानु, विभिन्न समयमा हुने बन्द हड्तालले कार्यक्रममा असर गर्नु, प्राकृतिक प्रकोपले गर्दा कार्याक्रममा असर पर्नु यस समयको लघुवित्तको मुख्य चुनौती रहेको छ ।

यसको निराकरणको लागि सर्वोच्च निकाय नेपाल राष्ट बैंकले लघुवित्त बैंकहरुलाई एक आपसमा गाभ्ने पक्रियामा लगेर लघुवित्त बैंक संङख्या घटाउनुपर्ने आवश्यकता देखिन्छ । एकै ठाउँमा धेरै लघुवित्त बैंकहरुलाई कार्यक्रम बिस्तारमा रोक लाउनुपर्छ जसको कारणले एकै ब्यक्तिमा कर्जा लगानीको जोखीम कम हुनेछ र लघुवित्तको गुणस्तर कायम रहिरहने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]